अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्लालाई फेरि सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु पठाएका छन् ।
रायमाझीले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै आफ्नो गृह जिल्लाको लागि बिहीवार अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर, सर्जिकल माक्स, सेनिटाइजर लगायतका विभिन्न स्वास्थ्य सामाग्रीहरु पठाएका हुन् ।
अर्घाखाँचीडट्कमलाई प्राप्त विवरण अनुसार जिल्लालाई १७ अक्सिजन सिलिन्डर अक्सिजन कन्सनटेटर सहित, भिटिम, एन्जिट, सर्जिकल माक्स, सेनिटाइजर, अक्सो मिटर, डिजिटल थर्ममिटर, पिपिए, पन्जा, चस्मा र फेस सिड लगायतका स्वास्थ्य सामाग्रीहरु पठाएका छन् ।
यस बाहेक पुन: आवश्यक स्वास्थ्य सामाग्रीहरु निरन्तर पठाउने बताएका छन् । रायमाझीले उपचारको क्रममा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन् ।
रायमाझीले यस अगाडि गत वैशाख २९ गते बुधवार जिल्लालाई २३ थान अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्टेटर ५ थान, भिटिम १८०० थान, एन्जिट ४०० थान, सर्जिकल माक्स २७०० थान, सेनिटाइजर १५ लिटर, अक्सो मिटर ७ थान, डिजिटल थर्ममिटर २० थान, पिपिए १९० थान, पन्जा २०० थान, चस्मा ५० थान र फेस सिड ५० थान स्वास्थ्य सामाग्रीहरु पठाएका थिए ।
मन्त्री रायमाझी वैशाख १३ गते सोमबार कोरोना संक्रमण भएपछि काठमाडौं स्ठित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भई वैशाख २० गते सोमबार डिस्चार्ज भएका थिए । उनको ११ दिनपछि वैशाख २३ बिहिबार कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
अक्सिजन सिलिन्डर अक्सिजन कन्सनटेटर सहितका स्वास्थ्य सामाग्री काठमाडौंबाट अर्घाखाँची जादैँछन् ।