ठाडाका एक पुरुषको कोरोना संक्रमणका कारण घरमा नै निधन


अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम )  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ४ ठाडाका एक पुरुषको कोरोना संक्रमणको कारण निधन भएको छ । 
ठाडा । 
ठाडाका ४६ वर्षिय एक पुरुषको शुक्रबार कोरोना संक्रमणको कारण शनिबार निधन भएको हो ।
ति संक्रमित पुरूषको घरमा नै मृत्यु भएको थियो ।  
ज्वरो, श्वासप्रश्वास, निमोनिया लगायतका समस्या भएका उनलाई कोरोना संक्रमण देखिएको थियो । 
योसँगै काेराेना संक्रमणका कारण शितगंगा नगरपालिकामा गतवर्षदेखि हालसम्म ११ जनाको निधन भएको छ । भने जिल्लामा गतवर्षदेखि हालसम्म ५३ जनाको ज्यान गएको छ । 
बिहीवारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु