अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । नेपाली कांग्रेस लुम्विनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्रीले कांग्रेस अर्घाखाँची जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानका बुवा गंगाराम खनालको निधनप्रति गहिरो दुःख ब्यक्त गर्नु भएको छ ।
क्षेत्रीले बिहीवार एक शोक विज्ञप्ती निकाल्दै जिल्ला सभापति मुस्कानका बुवा गंगाराम खनालको निधनप्रति गहिरो दुःख ब्यक्त गर्नु भएको हो ।
जारी विज्ञप्तीमा भनिएको छ; उहाँको निधनले सम्पुर्ण पार्टीलाई अपुरणीय क्षति पुगेको, लोकतान्त्रिक आन्दोलनका महान् हस्तिलाई गुमाउनु पर्दा स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गर्नु भएको छ ।
स्व. गंगाराम खनालको गत ज्येष्ठ ११ गते ९१ बर्षको उमेरमा निधन भएको थियो । स्व. गंगाराम बिगत २ वर्षदेखि पक्षघात रोगबाट पीडित हुनुहुन्थ्यो ।
स्वर्गीय गंगाराम खनालका बिष्णु खनाल मुस्कान सहित थानिश्वर खनाल र मिलन खनाल गरी ३ छोरा र दुई छोरी रहेका छन् । मुस्कान माइला छोरा हुन् ।
विज्ञप्ती यस्तो छ:-