बिष्णु कुमार आले
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) जेष्ठ १३ । अर्घाखाँची जिल्लाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीका चिकित्सक अध्यन गर्न गएको एक महिना आठ दिनपछि करारमा चिकित्सक आएपछि स्थानिय खुसी भएका छन् ।
ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा कराहारमा रहेका डाक्टर विपिन ढकाल अवधी सकिएर २०७७ साल चैत २० गते र दरबन्दीमा रहेका डाक्टर बिभेष मण्डल २०७८ साल बैशाख ५ गते एमडी अध्ययन गर्न गएपछि स्वास्थ्य केन्द्र कोरोना माहामारीका बेला चिकित्सक बिहिन भएको थियो ।
माहामारीका बेला स्वास्थ्य केन्द्र चिकित्सक बिहिन भएको समाचार अर्घाखाँचीडट्कम लगायत विभिन्न सन्चार माध्यमबाट प्रकासन तथा प्रसारण भएपछि सम्बन्धित स्वास्थ्य केन्द्र व्यवस्थापन समिती र शितगंगा नगरपालीकाको पहलमा १ महिना ८ दिन पछि कराहरमा कपिलवस्तुबाट डा . ईन्द्र कुमार चौधरीलाई ल्याएर नियुक्ति गरिएको हो ।
ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पालमा भन्दा दोब्बर बिरामी आउने गर्दछन् । ओपिटीको आधारलाई हेर्ने हो भने दैनिक ६० देखि १५० भन्दा बढि बिरामी आउने गर्दछन् । स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि स्थानिय खुसी भएका छन् ।