अर्घाखाँचीका निर्माण व्यवसायी काशी बस्यालले अति विपन्न परिवारहरुलाई राहत विवरण गरे


सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम )   । अर्घाखाँची जिल्लाका निर्माण  व्यवसायी काशी बस्यालले सन्धिखर्कमा दैनिक मजदुरी गरि खाने अति  विपन्न परिवारहरुलाई राहत  विवरण गरेका छन् ।
 
नेपाल निर्माण व्यवसायी संघका जिल्ला सहअध्यक्ष तथा सागर निर्माण सेवाका सन्चालक  काशी बस्याले निषेधाज्ञा कारण रोजिरोटी गुमाएका र दैनिकी चलाउन गाह्रो भएका विपन्न परिवारलाई राहत प्रदान गरेका हुन् ।
 
बस्यालले  विभिन्न ठाउँबाट सन्धिखर्क आई बसेका दैनिक कामगरी खाने २० परिवारको लागि दैनिकी चलाउनको लागि चामल, नुन, तेल, दाल लगायतका खाद्य सामाग्री हस्तान्तरण गरेका थिए ।
  
बस्याल समय समयमा सामाजिक कार्य लगायत विपन्न परिवारहरुलाई सहयोग गर्दै आएका छन् ।  बस्याल ज्ञानप्रकास माबी सल्लिकोट ब्यबस्थापन समितिका अध्यक्ष हुन् । भने रोटरी क्लब लगायतका सामाजिक संघ-संस्थामा कार्यरत बस्याल अटो लिङ प्रालि होन्डा स्वरुम अर्घाखाँचीका सन्चालक हुन् ।