अर्घाखाँची राष्ट्रसेवक समाजको अध्यक्ष पदमा भूमि व्यवस्था मन्त्रालयका सचिव टेक नारायण पाण्डे नियुक्त


अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची राष्ट्रसेवक समाजको अध्यक्ष पदमा टेक नारायण पाण्डे नियुक्त हुनुभएको छ । 
अर्घाखाँची राष्ट्रसेवक समाजको अध्यक्ष पदमा शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेक नारायण पाण्डे निर्वाचित हुनुभएको हो ।
सेवा निवृत्त भएका समाजका अध्यक्ष खानेपानी मन्त्रालयका सचिव माधब बेल्बासेको बिदाई र समाजका नयाँ चयन भएका अध्यक्ष सचिव टेक नारायण पाण्डेको स्वागत कार्यक्रम भर्च्यूयल रूपमा शुक्रबार सम्पन्न भएको थियो ।
गत वैशाख २४ गते शुक्रवार समाजका अध्यक्ष ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधुसुदन अधिकारीको सेवा निवृत्त भएपछि समाजले कार्यबाहक अध्यक्षमा खानेपानी मन्त्रालयका सचिव माधब बेल्बासे चयन गरेको थियो ।   
बेल्बासेले निजामती सेवामा ३२ वर्ष सेवा अवधिपछि बिहीबारदेखि अनिवार्य अवकाश हुनुभएको छ । 
साथै समाजले संस्थाको बिधान अनुरूप ज्येष्ठताका आधारमा सचिव  पाण्डेलाई पदेन अध्यक्ष चयन गरेको छ ।