सन्धिखर्कमा कृषि थोक बजार स्थापना | अर्घाखाँची आवास निर्माण तथा एयरपोर्टको लागि बजेट बिनियोजन


अर्घाखाँचीडट्कम संवाददाता  
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा कृषि थोक बजार स्थापना गरिने भएको छ । 
सन्धिखर्कमा कृषि थोक बजार स्थापना कार्यलाई अगाडि बढाउन आगामि आर्थिक बर्ष २०७८÷७९ को लागी आवश्यक बजेट बिनियोजन गरेको अर्थमन्त्री बिष्णु पौडेलले बजेट मन्त्व्यमा प्रस्तुत गरेका छन् ।
यस्तै अर्घाखाँची आवास निर्माण कार्यक्रम (एकीकृत बस्ती बिकास) तथा अर्घा भगवती बिमानस्थलको भौतिक पुर्वाधार निर्माणको लागी समेत बजेट बिनियोजन गरिएको छ ।