छत्रदेव गाउँपालिकामा स्वास्थ्य विमा सहरी क्षेत्रमा भन्दा निकै प्रभावकारी बन्दै


अनिल नेपाली 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । सरकारले पटक पटक ल्याएका योजना त्यति जनमुखी नदेखिएपनि सरकारले  ल्याएको स्वास्थ्य बीमा कार्यक्रम भने प्रभाबकारी जनमुखी देखिएको छ । 
जिल्लाको छत्रदेव गाँउपालिकामा स्वास्थ्य विमा कार्यक्रम निकै प्रभावकारी बनेको छ । जसले गर्दा गाँउपालिका बासिन्दा खुशी भएका छन् । जिल्लाको ग्रामीण क्षेत्रमानिने यस गाँउपालिकामा वीमा कार्यक्रमपछि स्वास्थ्योपचारका लागि निकै सहज भएको स्थानीय बासिन्दा विमला नेपालीले बताउनुभएको छ । सरकारले ल्याएको स्वास्थ्य वीमा कार्यक्रमअनुसार गरिबको परिचय पत्र भएका आफूहरुको घरमै आएर वीमा भएपछि सहुलियत दरमा औषधि पाएपछि निकै राहत मिलेको उनी बताउछिन् । 
 छत्रदेब गाँउपालिका ३ निवासी विमला नेपालीले भन्नुभयो, “सरकारले वीमा गरिदिएकाले पाँच जनाको आफ्नो परिवारका सदस्यले निःशुल्क उपचार पाएका छौँ बल्कोट प्राथमिक  स्वास्थ्य केन्द्रमा २४सै घन्टा विमित बिरामीको औषधोपचारको व्यवस्था गरिदिन उनले  माग गरिन्े । स्थानीय धनश्याम खनालले आफु शारीरिक रुपमा अशक्त  भएर केही गर्न नसक्ने अबस्थामा पनि उपचारमा वीमा कार्यक्रमले निकै सहयोग पुगेको बताए । छत्रदेब  गाँउपालिका वीमा फोकल प्रसन तथा  निमिक्त कार्यालय प्रमुख विष्णु खनालका अनुसार यहाँका करिब ११०० घरधुरीका वासिन्दाको स्वास्थ्य वीमा गराइएको उनले बताएका छन् । 
कोरोना महामारीको बेलामा पनि दैनिक ५० देखि ६० जनाकोे स्वास्थ्य मापदण्ड पालना गरी औषधी उपचार गरिएको ल्याब असिन्टेण्ट होमनाथ विकले जानकारी दिएका छन् । स्वास्थ्य विमा कार्यक्रमले जेष्ठ नागरिक आर्थिक अबस्था न्युन भएका लागि निकै फाइदा पुगेको वडा न २ का वडा अध्यक्ष राजेश कुमार पन्थीले बताउनुभयो । 
गाँउपालिका निम्न आयश्रोत भएका , विपन्न जेष्ठ नागरिक लाई निकै सहज भएको विमा कार्यक्रम निकै फलदायी भएको गाँउपालिका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो । स्वास्थ्य केन्द्मा एमबीविएस डाक्टर सहित प्रयोगशाला सम्वन्धी जाँच एक्सरे भिडियो एक्सरे लगायतका सेबाहरु दैनिक सुचारु हुने गरेको अहेब यादब खनालले बताए ।

अन्य समाचारहरु