अर्घातोषमा स्मार्ट युवा क्लबद्वारा विपन्न, मजदुरलाई राहत वितरण | स्थानीयकाे सहयाेग पाएनन्


दिपेन्द्र खत्री 
अर्घातोष, अर्घाखाँची (अर्घाखाँचीडट्कम) १६ जेष्ठ। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नंबर २ अर्घातोषमा सञ्चालन भएकाे स्मार्ट युवा क्लबले आज एक  कार्यक्रम मार्फत पहिलाे चरणको राहत वितरण गरेकाे छ । 
वार्ड भित्रका विपन्न र ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरिएको हाे ।  स्मार्ट युवा क्लबले उनीहरूलाई आ–आफ्नै मापदण्ड बनाएर राहत दिएका हुन् । ज्याला मजदुरी गर्ने, घरमा अन्नको जोहो गर्न नसक्ने विपन्‍न परिवारलाई अवस्था र परिवार संख्या हेरेर राहत वितरण गरिएको क्लबका अध्यक्ष प्रदिप गाैतमले जानकारी दिए।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय अर्घाखाँची निषेधाज्ञा जारी गरेपछि समस्यामा रहेका गरीब तथा अति बिपन्न १० घर परीवारलाई क्लबले  राहत बितरण गरेको हो । स्मार्ट युवा क्लब अध्यक्ष प्रदिप गाैतमकाे अध्यक्षतामा सञ्चालन भएकाे कार्यक्रमले वडा भित्र रहेका गरीब तथा अति बिपन्न १० घर परीवारलाई एक कट्टा  चामल, एक लिटर  तेल, एक प्याकेट नुन, २ केजी काे दरले दाल र स्वास्थ्य सामाग्री  बितरण गरीएको क्लबका  सचिव सन्ताेष बरालले जानकारी दिए । 
कार्यक्रम प्रभावकारी रुपमा समापन भएपनि वडाका जनप्रतिनिधि,समाजसेवी,बुद्धिजीवी हरुलाई राहत वितरण कार्यक्रममा सहयाेग गर्न क्लबले आह्वान गरेकाे र राहत वितरण कार्यक्रममा कुनै पनि संघ संस्था,समाजसेवी ,जनप्रतिनिधि ,बुद्धिजीवी हरुले सहयाेग नगरेकाेले क्लबका अध्यक्ष द्वारा दुख व्यक्त गरे ।
यस अघि पनि क्लबले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिदै जाने क्लबका काेषाध्यक्ष  विनाेद के.सी ले वताए,साथै  काेराेनाकाे भयवह अबस्थामा पनि वडा भित्रका नागरिकलाई जस्तोसुकै समस्या परे पनि सहयोग गर्ने र जनसमुदायमा राहत वितरण गर्ने सम्म प्रतिबद्धता व्यक्त गरे ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी देशमा निषेधाज्ञा जारी छ,जसका कारण कुनै मानवीय क्रियाकलाप सौहार्द रुपमा सुचारु हुन सकेको छैन् ।दिनमा काम गरेर साँझ छाक टार्ने अति विपन्न परिवारमा चुलो बोल्न छाड्दै गएको छ ।कत्तै रोगले भन्दा पनि भोकले ति विपन्न परिवारले अकालमा ज्यान गुमाउनुपर्ने त होइन भन्ने चिन्ता र भिभिर्को उब्जीएको छ । तर यता स्मार्ट युवा क्लबकाे यस्तो कार्य देख्दा कता कता वडा बासीले भाेकले मर्न नपर्ने आशा पलाएकाे आम नागरिकको बुझाई छ।