ठाडाको अमराई – जुकेना कच्ची सडकखण्ड संचालनमा आयो


बिष्णु कुमार आले
अमराई, अर्घाखाँची (अर्घाखाँचीडट्कम) जेष्ठ १६ । लगातार बर्षाका कारण पहिरो जाँदा अबरुद्ध भएको अर्घाखाँची जिल्लाको ठाडा अमराई जुकेना कच्ची सडकखण्ड अहिले संचालनमा आएको छ । 
सडकखण्डको जाडी खोलामा माथीबाट खसेको पहिरो हटाईएको छ । तर पानी पर्ना साथ माथीबाट लेदो खसेर सडक अवरुद्घ हुने देखिएको छ । 
आज बिहान देखि दिउँसो सम्म जेसिबीले निरन्तर पहिरो हटाएपछि सडक संचालनमा आएको हो । पहिरो हटाएपछि साना ढुवानीका गाडि तथा एम्बुलेन्स चल्न सक्ने सडक भएको छ । 
बर्षाका कारण सडकको विभिन्न ठाउँमा माथीबाट पहिरो खसेर हिलाम्मे बनाएको छ । यात्रुहरू घण्टौको बाटो पैतल हिडेर गन्तव्यमा पुग्न बाध्य छन् ।

अन्य समाचारहरु