अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहका नेकपा एमाले वार्ड कमिटी अध्यक्षको कोरोना संक्रमणको कारणले निधन भएको छ ।
खनदहका वार्ड कमिटी अध्यक्ष वीर बहादुर केसी ४९ बर्षको ऊमेरमा चितवन मेडिकल कलेजमा उपचारको क्रममा आईतबार निधन भएको हो ।
ज्वरो, श्वासप्रश्वास, निमोनियाको समस्या भई थप उपचारको लागि चितवन मेडिकल कलेजमा भर्ना भएका उनको आईतबार निधन भएको थियो ।
केसी मालारानी-३ वार्ड कमिटी अध्यक्षका साथै नेकपा एमाले अर्घाखाँची जिल्ला अधिवेशन आयोजक कमिटी सदस्य थिए । उनका श्रीमती र एक छोरा छन् ।