ठाडाको तारिकेमा बिधुतिय सामाग्री बोकेको ट्याक्टर दुर्घट्ना, ४ जना घाइते


अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम )  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर  १२ ठाडाको तारिकेमा बिधुतिय सामाग्री बोकेको ट्याक्टर दुर्घट्ना हुँदा ४ जना घाइते भएका छन् ।   
विद्युत बिस्तारकोलागि कपिलबस्तुबाट शितगंगाको सिद्धारामा तार लिएर जादै गरेको   लु४ त ५४१२ नम्बरको ट्याक्टर सन्धिखर्क गोरुसिङे सडक खण्डको तारिकेमा  दुर्घट्ना भएको हो ।
ट्याक्टरको  सवार ७ जना मध्ये ४ जना घाइते भएका छन् । घाइते मध्ये २ जना गम्भिर रहेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक सन्दिप बेल्बासेले जानकारी दिए ।  
दुर्घट्नामा परि शितगंगा १४ बिक्रम बस्ने २५ बर्षिय सुरज पल्ली, सोही ठाउँका २० बर्षिय सन्दिप पुन,१९ बर्षिय नवराज झेडीमगर र २६ बर्षिय ललीत थापा घाईते भएका छन् । 
गम्भीर  घाइतेहरुलाई प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ । ट्याक्टर चालक फरार रहेका छन् ।  
दाङको घोराहीमा रास्ट्रिय सभाको मतदानबाट फर्किदै गरेका सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल र उपप्रमुख ठाकुर कुमार बिकले घाइतेहरुको उद्वार गरेका थिए ।  
ब्रेक फेल भएर भएको ट्याक्टर दुर्घटनामा विद्युत विस्तारमा काम गर्ने ४ जना मजदुर घाइते भएको र घाइते चारै  जनालाई उपचारका लागि प्रादेशिक अस्पतला बुटबल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले जानकारी दिनु भयो  । 
तस्बिर: अशोक खनाल  

अन्य समाचारहरु