अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा एन्टिजन परिक्षण गर्दा वार्ड सदस्य सहित ५ जनामा पोजेटिभ देखिएको छ।
खाँचीकोटमा सोमबार ४३ जनाको एन्टिजन परिक्षण गर्दा वार्ड सदस्य रामु खनाल सहित ५ जनामा पोजेटिभ देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको प्राविधिक सहयोगमा, सन्धिखर्क नगरपालिका र खाँचिकोट स्वास्थ्य चौकीको सहजिकरणमा एन्टिजन परिक्षण गरिएको थियो ।
सन्धिखर्कको अन्य वार्डहरुको तुलनामा खाँचीकोटमा संक्रमित संख्या एकदम कमी रहेको छ । साथै अहिले सन्धिखर्क नगरपालिकाभर सक्रिय कोरोना संक्रमितको संख्या १४५ जना रहेको छ ।