अब अर्घाखाँचीका सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान हुने भएको छ । 
श्री शान्ति माध्यमिक विद्यालय बाँगीका प्राथमिक तहका शिक्षक शिक्षिकाहरु आधारभूत कम्प्युटर तालिम लिदै । तस्बिर: जय बहादुर रोकाय
जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा रहेका सबै आधारभूत विद्यालयमा ‘ब्रोण्डब्याण्ड इन्टरनेट’ पु¥याउने भएको हो ।
ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ ।    
    अर्घाखाँचीडट्कम
नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको सूचना अनुसार जिल्लाका स्थानीय तहलाई समझदारी पत्रमा हस्ताक्षर गर्न आग्रह गरेको छ । यस्तै सूचनामा १५ दिनभित्र समझदारी पत्रमा हस्ताक्षर गर्न भनिएको छ ।    
उता सन्धिखर्क लगायत जिल्लाका प्राय विद्यालयमा इन्टरनेट जडान यसअघि नै गरिएको छ ।