अर्घाखाँचीमा डिसिसिएमसीको बैठक सम्पन्न, प्रदेश स्वास्थ मन्त्रीद्वारा अस्पताललाई साधन स्रोत विहिन हुन नदिने प्रतिबद्धता


अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  लुम्बिनी प्रदेशका स्वास्थ तथा जनसंख्यामन्त्री भोज प्रसाद श्रेष्ठले अर्घाखाँची जिल्ला अस्पतालको निरिक्षण गरेका छन् ।
मंगलबार अर्घाखाँची आएका उनले जिल्ला अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरुको स्वास्थ अवस्था बारे जानकारी लिए । कोरोना संक्रमणलाई ख्याल ख्याल नठान्न साथै स्वास्थ सुरक्षा अपनाउन सबैलाई आग्रह गरे । मन्त्री श्रेष्ठले लुम्बिनी प्रदेशमा स्वास्थ अनुसन्धान परिषदको टाली आईसकेको साथै टोलीले काम सुरु गरिसकेको जानकारी दिए ।
जिल्लास्थित डिसिसिएमसिको बैठकमा समेत सहभागी भएका मन्त्री श्रेष्ठले जिल्ला अस्पतालहरु साधन स्रोत विहिन हुँन पुगेको स्विकारदै त्यस्तो हुन नदिने प्रतिबद्धता जनाए ।
उनले अब प्रदेश सरकारले आफ्नो निति तथा कार्यक्रममा जिल्ला अस्पतालहरुको स्तरोन्नतिका तथा दक्ष जनशक्ति पहिलो प्राथमिकतामा राख्ने बताए ।
सरकारले अब अल्पकालीन रूपमा नभई दीर्घकालीन रूपमानै स्वास्थ क्षेत्रमा ध्यान पुर्याउने बताउँदै भेरी अस्पतालमा स्वास्थकर्मीहरु माथि भएको दुव्र्यवहारको निन्दा गरे । उक्त घटनाका दोषीहरुलाई हदैसम्मको कारवाही गर्ने प्रतिवद्धता जनाउदै यस्ता घटना दोहोरिन नदिने बताए ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षता सम्पन्न बैठकमा शुरक्षा निकाएका प्रमुख तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि हरुको उपस्थित रहेको थियो ।