मरेङ्गकाे सिठेनीमा विपन्न विरामी परिवारलाई एमाले निकट राष्ट्रिय युवा संघद्वारा राहत सहयोग


बिक्रम खनाल 
अर्घातोष, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ मरेङ्गको सिठेनीमा प्रकाश विककाे परिवारलाई नेकपा एमाले निकट राष्ट्रिय युवासंघ नेपाल अर्घाखाँचीले खाध्यान्नका लागि आवस्यक पर्ने चामल, चिउरा, तेल, मसला,  तरकारी लगाएतका  राहत सामाग्री प्रदान गरेकाे छ ।
प्रकाश विककाे परिवारका दुवैजना करिब ३ वर्ष पहिला देखि विरामी परि उपचाररत परिवारलाई  अहिले  विहान साँझ खान समेत अफ्ट्यारो परेकाे जानकारी प्राप्त भएपछि राष्ट्रिय युवासंघ नेपाल अर्घाखाँचीकाे पहलमा  अर्काे  छिमेकी वार्ड  ७ नं का  वडाअध्यक्ष शाेभाखर पाण्डे, राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सचिवालय सदस्य  शाेभाखर पाण्डेय र छत्रदेव गाँउपालिका  राष्ट्रिय युवासंघ  सचिब  शंकर मरासिनी,  लगाएतले  खाध्यान्न कालागि आवस्यक पर्ने चामल, चिउरा, तेल, मसला,  तरकारी लगाएतका  राहत सामाग्री  प्रकाश विकलाई  प्रदान गरेका हुन ।
प्रकाश विककाे श्रीमती गीता विक करिव ३ वर्षदेखि दुवै मृगौला फेल भै त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेकाेमा हाल शिद्दबाबा अस्पताल बुटवलमा प्रधानमन्त्रि केपी ओलीकाे पहलमा   उपचार गराइरहेकी छिन् । उनि अन्य पाँच प्रकारको राेगले ग्रसित  छिन भने उनकाे श्रिमान प्रकाशकाे आँखामा  समस्या रहेकाे बताए। उनका दुई सन्तान ५ बर्ष उमेर भन्दा कम उमेरका छाेरा छन ।  दैनिक ज्याला मजदुरी गर्दै परिवारकाे छाक टारेका उनलाइ काेराेनाकाे कारणले भएकाे लकडाउनले  खाने लगाउने सबै  उपाय हराएकाे बताए  ।
उनले भने “ मेराे ईश्वर भनेकाे एमाले अध्यक्ष केपी ओली हुनुहुदाे रहेछ , उपचार खर्च उहाले नै गर्नुभएको छ ”।
याे  परिवार निकै बिपन्न रहेकाे छ नै त्यसमाथि राेग र लकडाउनले बाँच्न नै गाराे भएकाेले   सहयाेगकाे लागि  हार गुहार गरिरहेकाे   स्थानिय  छिमेकी नरिश्वर पाेख्रेलले बताए  ।

अन्य समाचारहरु