सन्धिखर्क चुत्राबेसी बजारमा चहलपहल बढ्यो, प्रहरी प्रशासनद्वारा चेकजाँचमा कडाई


हलिम खाँन
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क, चुत्राबेसी बजारमा आवतजावत बाक्लो देखिन थालेपछी प्रहरी प्रशासनले चेकजाँचलाई कडा पारिएको छ । 
चेकजाँचमा बिना काम घर बाहिर निस्कने, बिना पास सवारी साधन चलाउने, जस्ता कार्य गर्ने हरुलाइ केही समय होल्डमा राख्ने, सम्झाउने जस्ता कारबाही पनि प्रहरीले गरेको छ ।
जिल्लामा कोभिड १९ संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन अर्घाखाँचीले ज्येष्ठ २० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सन्धिखर्क , चुत्राबेसीका बजार  पहिलेका दिनमा सुनसान देखिए पनि हिजो आज चहलपहल बढ्दो देखिएको हुनाले प्रहरिले चेकजाँचमा कडाई गरेको हो ।
आज भएको उक्त चेकजाँच र अनुगमनको लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर सुजन शाहको नेतृत्वमा प्रहरी टोली खटिएका थियो ।