अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भोली जेष्ठ २० गतेसम्म जारी निषेधाज्ञा अरु थपिने भएको छ।
जिल्लामा भोली जेष्ठ २० गतेसम्म जारी निषेधाज्ञा अरु एक हप्ता, दश दिन थपिने बताइएको हो ।
भोली सन्धिखर्कमा डिसिसिएमसीको बस्ने बैठकले थप कती दिन जारी निषेधाज्ञा गर्ने भन्ने निर्यण लिनेछ । निषेधाज्ञा केही खुकुलो बनाउँदै थपिने बताइएको छ । खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न दिने तयारी गरिएको पनि बताइएको छ ।
जारी निषेधाज्ञाका कारण जिल्ला यतिबेला ठप्प र सुनसान छ । यस्तै जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ ।
यस्तै जिल्लाको सन्धिखर्क, चुत्राबेसी लगायत जिल्लाका ३ स्थानिय तहमा निषेधाज्ञाको मौका छोपेर व्यापारीहरुले दैनिक उपभोग्य तथा अन्य सामाग्रीहरु दोब्बर महँगो मुल्यमा बेच्दा सेवाग्राहीहरु ठुलो मर्कामा परेका छन् ।
गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको छ । कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने मानिस माथि नराम्रो असर परेको देखिन्छ । भने लामो समय व्यापार बन्द हुँदा भाडा तिर्न नसक्ने अवस्थामा पुगेको व्यापारीहरुले बताएका छन् ।