धातिवाङका पिडित परिवारलाई पाणिनी पर्यटन समाज अर्घाखाँचीद्धारा राहत वितरण (फोटो सहित)


चोलनाथ पौडेल 
धातिवाँङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं ६ धातिवाङका ३६ वर्षीय यम वहादुर घर्तिको भारतमा गुजरात निधन भएपछि घरपरिवार विचलित परेको छ ।  
वैदेशिक रोज़गारको लागी मंसिरमा गुजरात गएका घर्तिको ७ महिना मैअचानक निधन भएपछि उनको घरमा समस्या आई परेको छ । घरमा ११ वर्षिय रअर्को ५ वर्षीय गरी दुई छोरी २ वर्षीय १ छोरा, ३० वर्षीय श्रीमती र आमा ६४ वर्षीय आमा हुनु हुन्छ । 
अर्घाखाँची डट्कम व्युरो प्रमुख डिआरजी सुमन, पाणिनी पर्यटन समाज अर्घाखाँची अध्यक्ष झविन सुनाम, सचिव केशव वन्जाडे, पाणिनी गाँउपालिका वार्ड नं ६ का वार्ड सदस्य खगेश्वर पौडेलले पिडितको घरमै पुगेर ९० किलोग्राम चामल  २ लिटर तेल र ४ किलो नुन हस्तांतरण गरिएको छ ।  अहिले पिडितको घरको अत्यन्त नाज़ुक अवस्था भएको हुँदा सहयोग गर्न अपील गरीएको स्थानीय प्रेम पौडेलले वताउनु भएको छ । 

– तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम ।

अन्य समाचारहरु