खिदिमकी ७० वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता 
खिदिम, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ३ खिदिमकी एक जना महिलाको कोरोना संक्रमणका कारण निधन भएको छ ।  
कोरोना संक्रमित खिदिमकी ७० वर्षीया वृद्धाको भिम अस्पताल भैरहवामा बिहीवार निधन भएको हो । उनलाई थप उपचारको लागि भैरहवामा लगिएको थियो ।  
अस्पतालमा उपचाररत उनहरुलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो ।
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ५५  जनाको ज्यान गएको छ । 

अन्य समाचारहरु