बाँगीमा अज्ञात रोगले २६ वटा बाख्रा मरे, धमाधम मर्न थालेपछि किसान चिन्तित


सागर महत
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीमा अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् ।
बाँगीका स्थानीय किसानका २६ वटा बाख्रा मरेका हुन् । जसमध्ये सुका पोखराकी राधा के.सीका ९ वटा, प्युडाँडाका बसन्त पराजुलीका ७ वटा, गुराँसोका पोमनाराण भुसालका ५ वटा बाख्रा मरेका छन् ।
यस्तै अन्य किसानका ५ वटा बाख्रा मरेका छन् भने अधिकाश बाख्रा बिरामी परेको वडाअध्यक्ष सोभाकर भुसालले जानकारी दिनुभयो ।
१ महिना अघि कृषि ज्ञान केन्द्र अर्घाखाँचीले अनुदानमा वितरण गरेका १० वटा बोका वितरण गरेको थियो । ति बोका बाट लक्षण देखिएको र ति बोका पनि मरेको अन्य बाखा्र पनि धमाधम मरेको वडाअध्यक्ष भुसालले जानकारी दिनुभयो ।
अधिकाश बिरामी बाख्रामा -याल निकाल्ने, झोक्रयाउने जस्ता लक्षण देखिएको छ ।