सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा हालसम्म १२ हजार ७ सय ५८ जनाले पहिलो खोप लगाएका छन् । भने ३ हजार २ सय ८७ जनाले दोस्रो अन्तिम डोज पनि लगाई सकेका छन् ।
साथै जिल्लामा कोरोना विरुद्धको खोप लगाउने व्यक्तिमा संक्रमणको दर एकदमै कम रहेको देखिएको छ । भने खोप लगाएका कुनै पनि व्यक्तिको अहिलेसम्म निधन भएको छैन् ।
कोरोना संक्रमणको अवस्था हेर्दा जिल्लाका सबै स्थानिय तहमा कोरोना खोप लगाएका व्यक्तिमा संक्रमण दर एकदमै कमी रहेको देखिनुका साथै एक जना पनि मरेको घटना छैन् । यस्तै अन्य कारणले खोप लगाएका व्यक्ति मरेको देखिएको छ ।
जिल्ला अस्पताल प्रमुख डा.कपिल गौतमले डट्कमलाई बताए अनुसार अहिलेसम्म अस्पतालमा १९० जना कोरोना संक्रमित भर्ना भएकामा १६० जना निको भएर घर फर्किएका छन् । यस्तै ति मध्ये १७ जनाको मृत्युु भएको छ । साथै अहिले उपचाररत २४ जना रहेका छन् ।
साथै डा. गौतमले निषेधाज्ञाले राम्रो गरको बताए । निषेधाज्ञा नभए संक्रमित बढ्ने थिए र यसको पालना गरे संक्रमित संख्या घटन सक्ने उनको भनाई छ ।
विगत छ दिनदेखि कोरोना संक्रमित कही पनि मरेको छैनन् ।
उता जिल्ला अस्पताल अर्घाखाँची अक्सिजन लगायत सम्पूर्ण स्वास्थ सामाग्रीको अवस्था पर्याप्त छ ।
यस्तै जिल्लामा यही जेठ २५ गतेदेखि चिनियाँ भेरोसेल कोरोना खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्लाका खोप लिन बाँकी ६० देखि ६४ वर्ष उमेर समूहलाई उक्त भेरोसेल खोप दिइने भएको हो ।
यस्तै भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वार्ड कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको जनाइएको छ।
अर्घाखाँचीमा यस अघि भारतबाट आएको कोभिसिल्ड खोप लगाइएको थियो ।
ज्येष्ठ २५ बाट चाइनिज खोप भेरोसेल लगाउने कुरामा अहिलेसम्म प्रदेशबाट खोप आउने प्रक्रिया र आदेश नआएता पनि आउने संभावना करिब पक्का भएको र खोप अभियान संचालन पनि हुने जानकारी जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी बिजय बिकले जानकारी दिए ।