अर्घाखाँचीका ६ वटा स्थानीय तहमा निषेधाज्ञामा पनि विकासका काम धमाधम चल्दै


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहमा कोरोना भाइरस नयाँ भेरियन्ट संक्रमणका कारण निषेधाज्ञाका समयमा पनि  विकास निमार्णका काम संचालन भईरहेका छन् । 
जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका,  पाणिनी गाउँपालिका  र छत्रदेव गाउँपालिकामा कोरोना भाइरस संक्रमणबारे उच्च सर्तकता अफ्नाउदैं बिकास निमार्णका काम चलिरहेको छ । विशेष गरि सडक स्त्तरोन्नति, बिभिन्न भवन निमार्ण, जलविद्युत आयोजनाका काम, सिचाँई निमार्णमा काम लगायत निमार्ण हुने कार्य चलिरहेको हो ।
सन्धिखर्क, भूमिकास्थान नगरपालिकामा सडक स्त्तरोन्नति र ढलान गर्ने काम धमाधम भईरहेको छ । उक्त सडकहरुमा चौडा गर्ने, ग्याबिन भर्ने, नाला निमार्ण सबबेस गर्ने, कालोपत्रे गर्ने लगायतका काम भईरहेको छ ।  
उक्त कामहरु उदाहरण मात्रै हुन्, अर्घाखाँचीमा अहिले निषेधाज्ञामा पनि बिकास निमार्ण, प्रशासनिक कार्य निरन्तर चल्दै आएको छ । कोरोना भाइरस संक्रमण हुन नदिन बिभिन्न सर्तकता अफ्नाएर उक्त कामहरु संचालनमा रहेको जिल्ला समन्वय समिति अर्घाखाँचीले जनाएको छ ।