अर्घाखाँचीका ढुंगा, गिटी भारत निकासी हुने,उत्खननका लागि ठाडामा ६ वटा खानी पहिचान


अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडामा रहेका डाँडाबाट ढुंगा, गिटी उत्खनन गरी भारत पठाउनको लागि ६ वटा खानी पहिचान गरिएको छ ।
ठाडा
साविक ठाडा गाविस वार्ड नम्बर ७ र ८ मा रहेका डाँडाबाट ढुंगा, गिटी उत्खनन गरी भारत पठाउनको लागि ६ वटा खानी पहिचान गरिएको भूगर्भ विभागले बताएको हो ।
सरकारको निर्देशनअनुसार खानी तथा भूगर्भ विभागले ठाडामा रहेका ६ वटा खानीबाट ढुंगा, गिटी उत्खनन गर्ने टुंगो लगाएको छ  । यि पहाड खनेर ढुंगा, गिटी र बालुवा भारत निकासी गर्ने र व्यापार घाटा घटाउने सरकारी योजना छ ।अर्घाखाँचीडट्कम
चुरे क्षेत्र नपर्ने, चट्टानको बनावट कडा भएकोे, वन क्षेत्र कम भएको, राजमार्गबाट नजिक पर्ने र आपूर्ति सहज हुने ठाउँलाई खानीको रूपमा सञ्चालन गर्न छनोट गरिएको  खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरेको भनाई छ ।
यसै क्रममा डाँडाका डाँडा काटेपछि पहिरोले विनाश ल्याउने, वातावरणमा प्रतिकूल असर पर्ने भन्दै अर्घाखाँची जिल्लाबासीले चिन्ता व्यक्त गरेका छन् ।
उता शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीको पावरा विक्रम गाँउ नजिक गाउँनै जोखिममा पर्ने गरि ठेकेदारले स्काभेटर प्रयोग गरेर मनपरि चुरे दोहन गरेका छन् । नगरपालिकाले रुपन्देहीको डि. एस कन्ट्रक्सनलाई चुरे क्षेत्र बाणगंगाको माथिल्लो तटिय क्षेत्रबाट पहिलो चरणमा ६ हजार ३ सय घनमिटर नदिजन्य पदार्थ निकासीका लागि ठेक्का दिएको बताएको छ । चुरे आसपासको क्षेत्र र चुरेबाट बग्ने खोलाहरूमा नियमित उत्खनन भइरहेको छ ।
यस्तै खाँचीकोट, सितापुर, नरपानी  स्थित नर्तनााचल पहाडको चुनढुंगा उत्खननले वातावरणमा प्रतिकूल असर तथा खानेपानीका मुहान सुकेको छ । यहाँ बेला बेलामा उत्खनन कार्य हुँदै आएको छ । उत्खनन कार्यले धुलो र खानेपानी सुकेपछि नरपानी पाली सितापुर लगायत गाउँका ५० हजार भन्दा बढी जनसंख्या विस्थापित हुने अवस्थामा पुगेका छन् ।
You might also be interested in:

अन्य समाचारहरु