खिल्जीका एक जना युवा र भगवतीका १ जना वृद्धको कोरोना संक्रमणका कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता 
खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ खिल्जीका एक जना युवा र छत्रदेव गाउँपालिका वार्ड नम्बर ७ भगवतीका १ जना वृद्ध  गरी २ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । 
सहायक जिल्ला प्रमुख अधिकारी विनोद खनालले अर्घाखाँचीडट्कमलाई दिएको जानकारी अनुसार; गएको २४ घण्टामा कोरोना संक्रमित खिल्जीका ३८ वर्षिय पुरुष र भगवतीका ९० वर्षिय वृद्धको निधन भएको हो ।  
दुबै जनाको अस्थायी अस्पताल धागो कारखाना बुटवलमा निधन भएको थियो ।
अस्पतालमा उपचाररत उनहरुलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो ।
यस्तै हिजो किमडाँडाको आँपखोलाका घर भएका सन्धिखर्कको चुत्राबेसी स्थिती अर्घाखाँची आवासीय माध्यमिक विद्यालय बेल्वाटीकाका ४८ वर्षिय शिक्षक बिकास शाहीको भैरहवा भीम अस्पतालमा सोमबार राती ८:५५ बजे कोरोना संक्रमणका कारण निधन भएको थियो ।
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६१  जनाको ज्यान गएको छ । 
मंगलवारको कोरोना विवरण यस्तो छ: