सन्धिखर्कका सबै आधारभूत विद्यालयमा अब इन्टरनेट सुविधा | जडान गर्न रु. १२ हजार दरले पाउने


अर्घाखाँचीडट्कम संवाददाता  
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान हुने भएको छ । 
श्री शान्ति माध्यमिक विद्यालय बाँगीका प्राथमिक तहका शिक्षक शिक्षिकाहरु आधारभूत कम्प्युटर तालिम लिदै । तस्बिर: जय बहादुर रोकाय

सन्धिखर्कका सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान गर्न नगरपालिकाले वार्षिक १२ हजार रुपैयाका दरले उपलब्ध गराउने भएको हो ।
सन्धिखर्क नगरपालिकाले  सन्धिखर्कका आधारभूत विद्यालयहरुलाई आगामी असार १० गतेसम्म  १२ हजार रुपैयाको लागि बिल तथा सम्बन्धित कागजात सहित संपर्क गर्न अनुरोध गरेको छ । 

अन्य समाचारहरु