अर्घाखाँचीमा आज ३० जना कोरोना जिते, २० जना संक्रमित थपिए (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप  २०  जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३२८ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ११३ जना, भूमिकास्थान नगरपालिकामा ३८,   शितगंगा नगरपालिकामा ८९,   मालारानी गाउँपालिकामा १५,   पाणिनी गाउँपालिकामा ६०   र छत्रदेव गाउँपालिकामा १३ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २२९२  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ९९०  जना, भूमिकास्थान नगरपालिकामा ४३८, शितगंगा नगरपालिकामा २९६,   मालारानी गाउँपालिकामा २०५,   पाणिनी गाउँपालिकामा १६५   र छत्रदेव गाउँपालिकामा २०७ जना संक्रमित रहेका छन् ।   
गएको २४ घण्टामा जिल्लाबाट ३० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  १९०३ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ८६२ जना, भूमिकास्थान नगरपालिकामा ३८५,   शितगंगा नगरपालिकामा १९६,     मालारानी गाउँपालिकामा १८०,       पाणिनी गाउँपालिकामा ८९   र छत्रदेव गाउँपालिकामा १९१ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६१ जनाको ज्यान गएको छ ।
बुधवारको कोरोना विवरण यस्तो छ: