अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका खोप केन्द्रमा ३३८ जनाले चिनियाँ भेरोसेल कोरोना विरुद्धको खोप लगाएका छन् ।
शितगंगा नगरपालिकाका खोप केन्द्रमा आज बुधवार ६२ देखि ६४ उमेर समुहका ३३८ जनाले चिनियाँ भेरोसेल कोरोना विरुद्धको खोप लगाएका हुन् ।
शितगंगा नगरपालिकाकाका स्वास्थ शाखाका अनुसार वार्ड नम्बर १ सुवर्णखाल स्वास्थ चौकीमा २४ जनाले, वार्ड नम्बर २ सितापुर स्वास्थ्य चौकी ६३ जनाले, वार्ड ३ र ४ प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा ५४ जनाले, वार्ड ५ र ६ जुकेना स्वास्थ चौकी ६० जनाले, वार्ड ७ लामाताल स्वास्थ चौकीमा १० जनाले, वार्ड ८ सातमारा स्वास्थ चौकीमा २० जना, वार्ड ९, १० र ११ मा ४० जना, वार्ड नम्बर १२ रजिया स्वास्थ चौकीमा ३० जना, वार्ड नम्बर १३ सिमलपानी स्वास्थ चौकीमा २२ जना र वार्ड नम्बर १४ पावरमा खोप केन्द्रमा १५ जना गरि ३३८ जनाले खोप लगाएका छन् ।
शितगंगा नगरपालिमामा ७ सय ३० डोज खोप आएको थियो । शितगंगामा यसअघि भारतबाट आएको कोभिसिल्ड खोप लगाइएको थियो ।
साथै भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वार्ड कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको थियो ।
उता अर्घाखाँचीमा हालसम्म १२ हजार ७ सय ५८ जनाले पहिलो खोप लगाएका छन् । भने ३ हजार २ सय ८७ जनाले दोस्रो अन्तिम डोज पनि लगाई सकेका छन् ।
साथै जिल्लामा कोरोना विरुद्धको खोप लगाउने व्यक्तिमा संक्रमणको दर एकदमै कम रहेको देखिएको छ । भने खोप लगाएका कुनै पनि व्यक्तिको अहिलेसम्म निधन भएको छैन् ।
कोरोना संक्रमणको अवस्था हेर्दा जिल्लाका सबै स्थानिय तहमा कोरोना खोप लगाएका व्यक्तिमा संक्रमण दर एकदमै कमी रहेको देखिनुका साथै एक जना पनि मरेको घटना छैन् । यस्तै अन्य कारणले खोप लगाएका व्यक्ति मरेको देखिएको छ ।