बिष्णु कुमार आले
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको तारिकेमा जीप दुर्घट्नामा परि एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ढिकुराका ३० बर्षिय जीप चालक राम बहादुर नेपाली रहेका छन् ।
ढिकुराबाट डेभाबाट बसन्तपानी जादै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप गएराती भुमिकास्थान ९ चियानडाँडा सडकखण्डबाट करिव ४० मिटर तल खसी दुर्घटना हुदा घटनास्थलमै नेपालीको मृत्यु भएको हो । गएराती दुर्घटनामा परेको जीप भित्र मृत अवस्थामा नेपालीलाई आज बिहान मात्र फेला पारिएको वडाअध्यक्ष नारायण प्रसाद खनालले जानकारी दिए । डेभा गाडी धनिको घरबाट घर बसन्तपानी जानका लागी चालकले एक्लै जिप लिएर गएका थिए ।
जिप तिब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ । बिहान सात बजे स्थानियले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाउने बित्तिकै जिल्ला प्रहरीको टोली घटनास्थल पुगेको थियो । अहिले जिल्ला प्रहरीको टोली घटनास्थल पुगेर मुचुल्का तयार गरि शवलाई पोष्टमाट्मका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले बताए ।