बल्कोटको स्वास्थ केन्द्रलाई लुम्बिनी प्रदेशका वन मन्त्री कल्पना पान्डेद्धारा स्वास्थ सामग्री सहयोग


अस्लम अली | अर्घाखाँचीडट्कम
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपलिका वार्ड नम्बर २ को बल्कोट प्राथमिक  स्वास्थ केन्द्रलाई लुम्बिनी प्रदेश सरकारका उद्योग वन तथा बाताबरण मन्त्री कल्पना पान्डेले विभिन्न स्वास्थ  सामग्री सहयोग गरेकी छिन् । 
कोरोना महामारी परेको बेला यसलाई  थप नियन्त्रण गर्न भन्दै बल्कोट प्राथमिक  स्वास्थ केन्द्रलाई लुम्बिनी प्रदेश सरकारका उद्योग वन तथा बाताबरण मन्त्री कल्पना पान्डेले विभिन्न स्वास्थ  सामग्री सहयोग गरेकी हुन् । 
अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार अनुसार पान्डेले ५ थान अक्सिजन सिलिन्डर, सर्जिकल मास्क १ हजार थान, एन ९५ माक्स ५५ थान, सेनिटाइजर ५०० एमएलका १० थान, डिस्पोजेबल गाउन २५ थान, पिपिए २५ थान, पन्जा १५० थान, फेस सिल्ड ४५ थान लगायतका स्वास्थ  सामग्री सहयोग गरेकी छन् ।
उक्त सामाग्री बल्कोट प्राथमिक  स्वास्थ केन्द्र संचालक तथा ब्यवथापन समितिका अध्यक्ष तथा छत्रदेव गाउपलिका वार्ड नम्बर २ का वार्ड  अध्यक्ष राजेश कुमार पन्थिलाई   हस्तान्तरण गरेकी थिईन् । 

अन्य समाचारहरु