अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडाको पकलेमा अत्याधुनिक तीन तले सामुदायिक पौवा निर्माण हुने भएको छ ।
किमडाँडाको पकलेमा प्रधानमन्त्री राेजगार एवम भाैतिक निर्माण सहितकाे याेजनाबाट अत्याधुनिक तीन तले पकले सामुदायिक पौवा निर्माण हुने भएको हो ।
सामुदायिक पौवा भवनकाे वडाअध्यक्ष ईस्वरी प्रसाद भुसाल शिलान्यास गरेका थिए ।
पकलेमा रहेको उक्त इतिहासिक पाैवाकाे सन्स १९६५ सालमा स्व.रघु पराजुलीबाट निर्माण भएको तथा पाैवा विगत केहि वर्षदेखि जिर्ण अवस्थामा थियो ।