शितगंगा नगरपालिकामा एमाले निकट महिला संघद्धारा स्वास्थ्य सामाग्री वितरण


बिष्णु कुमार आले
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा कोरोना महाँमारीका बेला अग्रपंक्तिमा रहेर काम गर्ने प्रहरी तथा संचारकर्मीलाई लक्षित गरि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ शितगंगाले माक्स सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री  बितरण गरेको छ ।  
अखिल नेपाल महिला संघ सितगंगा नगर कमिटीका अध्यक्ष गिता भाटले  ईलाका प्रहरी कार्यलय ठाडा, ईलाका प्रहरी कार्यालय सिद्धारा, प्रहरी चौकी सातामारा , प्रहरी चौकि सिमलपानी र प्रहरी चौकी जलुके  तथा पत्रकार र सडक कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण गरेकी हुन् ।  
मास्क, सेनिटाइजर,पन्जा,थर्मोमीटर , अक्सिमिटर पिपिई सेट लगायतका सामाग्री बितरण गरिएको अखिल नेपाल महिला संघ शितगंगा नगर कमिटी अध्यक्ष गिता भाटले जानकारी दिईन्  ।
वितरण कार्यक्रममा नेकपा एमालेका नगर  कमीटी अध्यक्ष बसन्त कुमार  श्रेष्ठ ,सचिव ऋषि घिमिरे, युवा संघका अध्यक्ष तिलक अधिकारी,सचिव हरि खनाल, ज्योती भबिस्वर बहुमुखी क्याम्पसका अध्यक्ष कुमार केशबसिंह बेल्बासे , क्याम्पस प्रमुख बिष्णु प्रसाद भट्टराई ,ज्योती माबिका प्रअ शंकर अर्याल , ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक संदिप बेल्बासे लगायतको सहभागीतामा माक्स १५ सय थान, पिपिई ७ थान,फेससिल्ड २५ थान,सेनिटाइजर १५ लिटर,अक्सिमिटर ७  थान ,थर्माेमिटर ७ थान, सर्जिकल ग्लोप्स २५० थान लगायतका स्वास्थ्य सामाग्री बितरण गरिएको हो ।
यस्तै अध्यक्ष  भाटले  शितगंगा ६ का वडा अध्यक्ष रिषी रेश्मी , शितगंगा ५ का वडा अध्यक्ष कमल प्रसाद पौडेल र साविक जुकेना गाबिसका पुर्व अध्यक्ष तिलक भाट लगायतको सहभागीतामा सितगंगा ६  खमारी स्थित निल कण्ठ आधारभुत विधालयमा गरिव बिपन्न  ५  घर परिवारलाई खाध्यान चामल,  ५५ थान बिधार्थीलाई झोला र तीन सय बढि माक्स लगायतका स्वास्थ्य सामाग्री  वितरण गरेकी हुन् ।

अन्य समाचारहरु