अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनामा कृषकहरुका लागि मौरीपालन सम्बन्धी तालिम शुरु भएको छ ।
वार्डमा रहेका ३० जनालाई मौरीपालन सम्बन्धि तालिम सञ्चालन गरिएको वडाअध्यक्ष ऋषि रेस्मीले जानकारी दिनु भयो ।
घरमा मौरी पालि रहेका तर ब्यवहनरिक ज्ञानको अभाव रहेका वार्डका ३० जना मौरिपालक कृषकलाई तालिम सञ्चालन भइरहेको वडा अध्यक्ष रेस्मीले जानकारी दिनु भयो ।
तालिम लिए सँगै प्रम्परागत रुपमा मौरीपालन गरेकाहरुले आधुनिक प्रबिधि र ज्ञान प्राप्त गर्ने बिश्वास लिइएको वडाअध्यक्ष रेस्मीले बताउनु भयो । तालिमपछि सहभागी कृषकले आयआर्जमा समेत वृद्धि गर्ने अपेक्षा रहेको छ तालिमको बिष्णु भट्टराइ र लाल बहालुर जिसीले शहजिकरण गर्नु भएको छ ।