अर्घाखाँचीडट्कम संवाददाता
भगवती, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ७ भगवतीको भ्वागका एक जना बृद्ध कोरोना संक्रमणका कारण बुटवलमा निधन भएको छ ।
भगवतीका ६५ वर्षीय भविश्वर मरासिनीको शुक्रबार राती प्रादेशिक अस्पतालको कोरोना विशष अस्पताल बुटवलमा मृत्यु भएको हो ।
अस्पतालमा उपचाररत उनलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो ।
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६२ जनाको ज्यान गएको छ ।