अर्घाखाँचीडट्कम संवाददाता
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकालाई २ थान अक्सिजन कन्सन्टेटर मेसिन हस्तान्तरण गरिएको छ ।
पुर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा नेपाल मेडिकल एसोसिएसनले सहयोग गरेका २ थान अक्सिजन कन्सन्टेटर मेसिनहरु शनिबार साँझ पाणिनी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
उक्त २ अक्सिजन कन्सन्टेटर मेसिन नेबिसंघका महामन्त्री युवराज पाण्डे मार्फत गाउँपालिका अघ्यक्ष अचुत गौतमलाई हस्तान्तरण गरिएको थियो ।