हरिप्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । ज्योति लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखाले आफ्नो कम्पनिमा बिमा गरि मॄत्यु भएका एकजनाको परिवारलाइ सोमबार बिहानै अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालको हातबाट ५२ लाख ४० हजार दुइसय पचास रुपैयाको चेक हस्तान्तरण गरेको छ।
बाके जिल्ला राप्तिसोनारि गाउपालिका वार्ड नम्बर ९ घर भएकी वर्ष ४९ कि मोतिदेवि खड्का वलिको छोरा काशिराम वलिले एक समारोहका बिच चेक बुझेका हुन।
गत भदौ ३१ गते २५ लाख ५० हजार रकमको बिमा गरि पहिलो किस्ता बापत जम्मा १ लाख ८४ हजार १सय १० रुपैया बुझाएकि खड्काको पुस २ गते मोटरसाइकल दुर्घटनामा परि उपचारको क्रममा मृत्यु भएको थियो।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख भुसालले ज्योति लाइफले अर्घाखाचीमा धेरै राम्रो काम गरेको, धेरैलाइ सुरक्षित गरेको साथै रोजगारिका अवसर समेत सिर्जना गरेकोमा धन्यबाद समेत दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै सनपा १ का वडा अध्यक्ष युबराजले कम्पनिलाइ धन्यबाद दिनुका साथै कम्पनिको उन्नति र प्रगतिको कामना गर्नुभएको थियो। कार्यक्रममा बोल्दै कम्पनिका एरिया सेल्स म्यानेजर कुश0ल भुसालले नेपालमा सबैभन्दा धेरै ३५ वटा घातक रोग बिरुद्धको उपचार सुबिधा प्रदान गर्ने कम्पनि ज्योति लाइफ मात्र भएको बताएका थिए ।
नेपालको बिमा उध्योगमा १२ नम्बरमा स्थापना भएको कम्पनि ३ बर्शभित्रै सातौ नम्बरमा आइपुगेको बताउदै भुसालले शहरदेखि गाउसम्म घरघरमा ज्योति लाइफ को नाराका साथ कम्पनिले हालसम्म १२६ स्थानमा शाखा खोलि कारोबार गरिरहेको, यो लकडाउन पछि अझ बिस्तार गर्ने र यो बर्श पाचौ स्थानमा पुग्ने लक्ष्य कम्पनिले लिएको जानाकारि गराए।कार्यक्रममा यो बिषम परिस्थितिका कारण सिमित सन्ख्याको उपस्थितिमा कार्यक्रम गर्नुपरेको बताउदै सबै जनालाइ धन्यबाद मन्तब्य शाखाका प्रबन्धक कृष्णप्रसाद खानालले दिएका थिए।
कार्यक्रम अर्घखाची शाखाका सेल्स एक्ज्युकेटिभ अम्बिका बेल्बासे श्रेष्ठको सन्चालन र शाखाप्रबन्धक कृष्णखनालको सभापतित्वमा सन्चालन भएको थियो।