अर्घाखाँचीमा प्रशासनद्धारा जिल्लाबासीहरुलाई उच्च सतर्कतामा रहन अनुरोध (फोटो तथा सुचना सहित)


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला प्रशासन कार्यालयले अविरल वर्षाका कारण बाढी, पहिरो जान सक्ने भन्दै सम्पूर्ण जिल्लाबासीहरुलाई उच्च सतर्कतामा रहन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल मंगलवार जारी गरेको सुचना अनुसार लगातार परेको अविरल वर्षाका कारण बाढी, पहिरो जान सक्ने भन्दै सम्पूर्ण जिल्लाबासीहरुलाई उच्च सतर्कतामा रहन अनुरोध गरिएको हो ।
प्रशासनले वर्षाको बेला बाहिर अनावश्यक हिड्डुल नगर्ने, बाढी आएको बेलामा खोलामा नजाने, माछा मर्ने, पौडी खेल्न नजाने जस्ता कार्य गर्ने, बाढी, पहिरो गएको ठाउँमा नजान अनुरोध गरेको छ ।
यस्तै भने जिल्ला विपद् व्यवस्थापन समितिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी उच्च सतर्कतामा राखेको बताएको छ ।
उता लगातार परेको अविरल वर्षाका कारण अर्घाखाँची जिल्लाको जनजीवन अस्तव्यस्त तथा  कष्टकर  भएको छ ।
सदरमुकाम सन्धिखर्क जिल्लाभरका सडक पहिरोले भात्किएर अवरुद्ध भएका छन् । ठाउँ – ठाउँमा पहिरो जाँदा सन्धिखर्क – गोरुसिङ्गे सडक अवरुद्ध भएको छ ।
यस्तै जिल्लाको सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,    शितगंगा नगरपालिका,   मालारानी गाउँपालिका,    पाणिनी गाउँपालिका,  र छत्रदेव गाउँपालिकामा पहिरोका कारण कयौ घर परिवार विस्थापित हुने अवस्थामा पुगेका बताइएको छ ।