अर्घाखाँचीडट्कम संवाददाता
डिहिडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको श्री चन्द्रप्रभा मावी डिहिडाँडाको भवन अविरल वर्षाका कारण पहिरोको उच्च जोखिममा परेको छ ।
लगातार तीन दिनको अविरल वर्षाका कारण चन्द्रप्रभा डिहिडाँडाको भवन पहिरोको उच्च जोखिममा परेको हो ।
उता सोही बिधालयका शिक्षक शिबहरी भट्टराईबाट दान स्वरुप प्रदान गरिएको जग्गामा निर्माण गरिएको उक्त भवनको तल माथी दुबैतिर मोटर बाटो रहेको र उक्त बाटो बिस्तार प्रभावका कारण गत बर्षदेखि नै भवन पहिरोको जोखिममा परेको तर त्यसको नियन्त्रणमा खासै ध्यान नपुगेको हुँदा अहिले अझ जोखिममा परेको देखिन्छ ।
साथै बिधालयको मुख्य भवन भन्दा करिब ५० मिटरको दुरिमा रहेको यो दुई तले भवन १२ कक्षा सन्चालनका लागि निकै उपयोगी रहेको छ। उच्च वर्षाका कारण बिधालय थप जोखिममा पर्यो भने बिधालयमा कक्षाको अभाव भई पठन पाठन समेत अबरुद्ध हुन सक्ने भएता पनि यसको संरक्षणका लागि सम्बन्धित निकायको ध्यान अझै जान सकेको छैन् ।
यस्तै लगातार वर्षाका कारण भात्किएको फुदवाङदेखि चन्द्र प्रभा मावीसम्मको बाटो अस्तव्यस्त भएको छ ।
फोटोहरु: निरज भट्टराई