अर्घाखाँचीको जनजीवन लगातार परेको अविरल वर्षाका कारण अस्तव्यस्त, कष्टकर (भिडियो, फोटो फिचर)
आषाढ़ २ गते, २०७८ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लगातार परेको अविरल वर्षाका कारण अर्घाखाँची जिल्लाको जनजीवन अस्तव्यस्त तथा कष्टकर भएको छ ।
सदरमुकाम सन्धिखर्क जिल्लाभरका सडक पहिरोले भात्किएर अवरुद्ध भएका छन् । ठाउँ – ठाउँमा पहिरो जाँदा सन्धिखर्क – गोरुसिङ्गे सडक अवरुद्ध भएको छ ।
यस्तै जिल्लाको सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका, र छत्रदेव गाउँपालिकामा पहिरोका कारण कयौ घर परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।
उता जिल्ला प्रशासन कार्यालयले अविरल वर्षाका कारण बाढी, पहिरो जान सक्ने भन्दै सम्पूर्ण जिल्लाबासीहरुलाई उच्च सतर्कतामा रहन अनुरोध गरेको छ । भने जिल्ला विपद् व्यवस्थापन समितिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी उच्च सतर्कतामा राखेको बताएको छ ।