डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची वुधवार, ०२ असार २०७८(अर्घाखाँचीडट्कम) । देशभर विगत ३ दिन देखी परिरहेको अविरल वर्षादको कारण धेरै धनजनको क्षति भई रहेकोअवस्था छ । यस्तै अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिकाको गाँउपालिका कार्यालय भवन जोड्ने प्रया: सड़क पहिरोको कारण अवरुद्ध हुँदा पाणिनी गाँउ पालिकाको दशौँ गाँउ सभा समेत स्थगित भएको छ ।
पाणिनी गाँउ पालिका स्थित मुख्य तथा सहायक सड़क अवरुद्ध भएका छन । पाणिनि २ को आफ्रा, पाणिनि १ को कोप्चा , पाणिनि ३को भुतफाले क्षेत्रमा गएको पहिरो कारण घुम्ति पाल्पा सड़क अवरुद्ध हुदा एम्बुलेंस समेत चल्ने अवस्था नरहेको पाणिनि गाँउ पालिकावडा नं २ का वडा अध्यक्ष नेत्र भट्टाराईले जानकारी गराउनु भएको छ ।
यस्तै पाणिनि ४ को देउरालीमा गएको पहिरोको कारण नेटाकापोखरा – डाडाकटेरी सड़क अवरुद्ध छ भने निगाली – सालझण्डी – ढोरपाटन सड़क पनि अवरुद्ध रहेको पाणिनि गाँउ पालिका वडा नं ४ का वडा अध्यक्ष स्थानेश्वर घिमिरेले जानकारी गराउनु भएको छ ।
पाणिनि गाँउ पालिका वडा नं ५ को यस्तै मैदानकै भालु खोलामा गएको पहिरोको कारण मैदान – सन्धिखर्क ढोरपाटन सड़क अवरुद्ध रहेको पाणिनि गाँउ पालिका वडा नं ५ वडा अध्यक्ष जीवलाल घिमिरेले जानकारी गराउनु भएको छ । पाणिनि गाँउ पालिका स्थित नेटाकापोखरा- वाढुंगा- घुम्ति सड़क तथा नेटाकापोखरा धातिवांग घुम्ति सड़क अवरुद्ध भएको पाणिनि गाँउ पालिका वडा नं ६ का वडाअध्यक्ष सुभ वहादुर सारुले जानकारी गराउनु भएको छ । पाणिनि गाँउ पालिकामा वुधवार विहान ११ वजे सम्मको रिपोर्टिंग अनुसार कुनैपनि मानवीय तथा पसुचौपायको क्षति नभएको पाणिनि गाँउपालिका अध्यक्ष अच्युत गौतमले पत्रकार डिआरजी सुमनलाई जानकारी गराउनु भएको छ ।