हरि कुँवर
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घाको रुब्दी बाँगीखोला किनारमा विगत ६ वर्षदेखि बस्दै आएका फुर्सी नेपालीको परिवार भीषण वर्षाको कारण वास विहिन भएको छ।
सामाजिक संजालमा प्रचारवाजी गरेपनि वास्तविक पीडित लाई उद्धार गर्न जनप्रतिनिधि सामाजिक अभियानता चुक्दै छन ।
महामारी संगै जेठमहिना को अन्तिम हप्ता बाट निरन्तर भीषण वर्षाले गर्दा टहरामा पानी पसेपछि बासबिहिन हुन पुगेका हुन। फुर्सी नेपालीको परिवार लाई स्थानीय कल्पना खड्का ले बास दिएको बताउछिन् ।
एकातिर कोरोना को डर छ भने अर्को तिर बाढिको डर, डर माथि डर थपिदै गएको छ। वास्तविक पीडित लाई कसले फर्केर हेर्दैनन नखाने कुरा छ नबस्न लाइ बास तीन देखि नखाने मन लाग्छ नसुत्ने हामी सुतेकै छैनौं फुर्सी नेपाली बताउछिन् ।
आर्थिक अवस्था निकै कम्जोर भएपछी रोजगारी को शिलशिला मा छोरा पुस्कर नेपाली विगत ६ महिना देखि छिमेकी देश भारत गएपनि लकडाउन फसेकोले कामविहीन रहेको बताइन् । तीन छोराछोरी लाई बचाउन सारै गाह्रो भएको बताइन् ।
परिवारले सहयोगको लागी अपिल गरेको छ ।