शान्ती बगैंचादेखि कुर संखेटारी जोड्ने पुल माथिको बिजुलीको तारमा बास ढलेर उच्च जोखिम


अर्घाखाँचीडट्कम संवाददाता
कुर संखेटारी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । केही दिन अगाडि देखि  लगातार परेको अविरल वर्षाका कारण अर्घाखाँची जिल्ल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ सन्धिखर्कको शान्ती बगैंचादेखि कुर संखेटारी जोड्ने पुल माथि रहेको बिजुलीको तारमा बास ढलेर उच्च जोखिम भएको छ ।
सन्धिखर्कको शान्ती बगैंचादेखि कुर संखेटारी जोड्ने पुल माथि रहेको बिजुलीको तारमा बास ढलेर वारपार गर्ने नसक्ने गरी जोखिम भएको हो ।
बगैंचाबाट चुत्राबेसी जाने पुरानो फलामे पुल माथि रहेको बिजुलीको तारमा यसरी बासले जेलिएको र उच्च जोखिममा रहेको हुँदा अहिलेसम्म सम्बन्धित  निकायको ध्यान नगएको र बारम्बार अनुरोध गर्दा पनि विद्युतले कुनै वास्ता नगरेको स्थानीयबासी दिपक पाण्डे अर्घाखाँचीडट्कमलाई बताए ।
यो तारले पुलमा छोयो भने वारको पार गर्ने मान्छेको ज्यान जानसक्छ, उनको भनाई छ ।
उता सन्धिखर्कबाट चुत्राबेसी जान प्रायले यो पुलबाट प्रयोग गर्दै आएका थिए ।