अर्घाखाँचीडट्कम संवाददाता
जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ल्लाको शितगंगा नगरपालिका वार्ड नम्वर ७ जलुकेको चेउनखोला र प्यूठानको ऐरावती गाउँपालिका–१ माझिदमार जोड्ने निर्माणाधीन पक्कीपुल भत्किएको छ ।
केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण झिमरुक नदीमा आएको बाढीले जलुकेको चेउनखोला र माझिदमार जोड्ने निर्माणाधीन पक्कीपुल भत्किएको हो ।
उक्त मोटरेबल पुल चार दिन अगाडि मात्रै ढलान भएको थियो । सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीका अनुसार पुलको ३५ मिटर भाग भत्किएको छ ।
संघीय सरकारले विनियोजन गरेको ७ करोड १२ लाख रुपैयाँ बजेटमा ७० मिटर लामो पुल निर्माण गरिएको थियो ।