निरु आचार्य
चिदिका, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । केही दिन यताको लगातार अविरल वर्षाका कारण अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर १ चिदिकाको लामीडाँडाका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याएको छ ।
स्थानिय दिनेश ज्ञवालीले जानकारी दिए अनुसार पहिरोले बारीमा भएका खेतिबाली तथा फलफूलको पुर्ण क्षति भएको छ ।
थप पहिरोको डरले आफ्नो घर गोठ नै लग्ने डरले कतिपय स्थानियबासी रातभरि सुत्न समेत नसक्ने अबस्था सृजना भएको छ ।
यस ठाउँमा पहिरोको उच्च जोखिम समेत रहेको छ । हिउदको समयमा जथाभावी डाेजर सन्चालन गरेको कारण यो अबस्थामा आइपुगेको स्थानीय बुद्धिजीवी बताउँछन् ।
अत्यधिक वर्षा हुँदै गएको र त्यसले ठाउँठाउँमा असहज अववस्था निम्त्याएको भन्दै त्यस्ता ठाउँहरुमा सबै मिलेर मानवता पर्दर्शन गर्नुपर्नेमा चिदिका काठमाडौं सम्पर्क समाजका सचिब समेत रहेका सुभाष ज्ञवालीले जोड दिएका छन् । साथै आफ्नो फेसबुक मार्फत प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन सबैलाई आग्रह समेत गरेका छन् ।
‘बाढीपहिरोबाट सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्ने हामी सबैको कर्तव्य भएको कुरा उल्लेख गरेका छन् ।