मैदानको गौडीदेवी मन्दिर निर्माण कार्य सम्पन्न, पाणिनीमा योजनाका कामहरु अन्तिम चरणमा


डिआरजी सुमन 
मैदान, अर्घाखाँची शनिबार, ०५ असार २०७८ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिकाले धार्मिक तथा सांस्कृतिक महत्व वोकेका ऐतिहासिक क्षेत्रको विकासमा जोडदिएको छ । ऐतिहासिक पर्यटकीय महत्व रहेको पाणिनिमा जीर्ण मठ मन्दिर मरम्मत कार्यले तीव्रता पाएका छन । 
यसै क्रममा पाणिनी गाँउ पालिका को आर्थिक वर्ष २०७७/७८ को लागि गाउँ सभाबाट स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तर्गतसामाजिक विकास समिति तर्फको सि.न. ४१० मा गौरीदेवि मन्दिर निर्माण पाणिनि ५ मैदान को लागि रु .४००,०००.०० विनियोजन भएकोथियो ।
गैरीदेवी मन्दिर निर्माण लक्षित योजना कार्यान्वयनका लागि उपभोक्ता समितिबाट रु . ४०,७२०.७९ लागत सहभागिता हुने गरी पाणिनिगाँउ पालिका को प्राविधिक शाखाबाट रु . ४२४,७२०.७९ को लागत अनुमान तयारगरी कार्य सम्पन्न गर्नको लागि गाँउ पालिकाकार्यालयको मिति २०७७/११/१४ को निर्णयानुसार उक्त उपभोक्ता समिति र पाणिनि गाँउ पालिका कार्यालय बिच योजना सम्झौताभएकोले सम्झौताका शर्त बमोजिम कार्य सञ्चालन गर्न सम्झौता र लागत अनुमानको आधारमा कार्यादेश दिईएकोमा सोही सम्झौताअनुसार मिति २०७८ असार ०४ गते लागत अनुमानमा उल्लेखित कार्य सम्पन्न गरीएको भएको उपभोक्ता समितिका अध्यक्ष विष्णुघिमिरेले वताउनु भएको छ । 
विश्वभर फैलीएको कोरोना संक्रमण रोकथाम को लागी सरकार द्वारा गरिएको निषेधाज्ञा को कारण तोकिएकै समयमा कार्य सम्पन्न गर्नकठिनाई भएको वताउदै हालै योजना सम्पन्न गरिएको उपभोक्ता समिति का अध्यक्ष विष्णु घिमिरेले पत्रकार डिआरजी सुमन लाईजानकारी गराउनु भएको छ । पाणिनि गाँउ पालिका वडा नं ५ मैदानमा रहेको ऐतिहासिक महत्व वोकेको मन्दिर निर्माण पुरा भएसँगैस्थानीय हरु हर्षित भएका छन । तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु