अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
शितगंगा नगरपालिकाले जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला भरतपुरमा निर्माण अभियानका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ५ लाख रुपैयाँ सहयोग गरेको हो ।
सहयोग रकमको चेक शितगंगा नगरपालिकाका नगर प्रमुख व्यक्तित्व सुर्यप्रसाद अधिकारीले नगरपालिकाको तर्फबाट धुर्मुस सुन्तली फाउण्डेशनका कुन्जना घिमिरे सुन्तलीलाई भरतपुरमा हस्तान्तरण गर्नुभएको थियो ।