अर्घाखाँचीका शिक्षकहरुले कोरोना खोप लगाउन, पारिश्रमिक व्यवस्था माग गर्दै स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाए


प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ७ असार । अर्घाखाँची जिल्लाका शिक्षकहरुले ११ बुदे ध्यानाकर्षण पत्र सहित स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । 
शिक्षक, कर्मचारी र सम्बन्धित उमेर समुहका विद्यार्थीको लागि तत्काल खोप लगाउन, आबश्यक पहल गर्न, संघिय सरकारको बजेट अनुसारका वालविकास शिक्षक, विदालय कर्मचारी र सहायक कर्मचारीको पारिश्रमिक व्यवस्था गरिनु पर्ने, पालिका तहका शैक्षिक योजना निर्माणमा शिक्षकका पेशागत संघ संगठनको अनिबार्य प्रतिनिध्त्वि गराइनु पर्ने लगायतका ११ वुदे ध्यानाकर्षण पत्र स्थानीय सरकारलाइए बुझाएका हुन् । 
अर्घाखाँचीमा क्रियासिल शिक्षक संघ संगठनका प्रतिनिधिहरुले आज सन्धिखर्क नगरपालिका, भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । 
नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव प्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष धु्रब केसी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष युवराज भुसाल, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद बन्जाडे र अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष लक्ष्मण ओलीद्धारा हस्ताक्षरीत  संयुक्त ध्यानाकार्षण पत्र बुझाएका हुन् । 
सन्धिखर्क नगरपालिकामा नगर प्रमुख कमल प्रसाद भुसाल, भुमिकास्थान नगरपालिकामा नगर प्रमुख रेशम थापा र मालारानी गाउँपालिकामा अध्यक्ष बालकृष्ण आचार्य सहित उप प्रमुख, प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखको उपस्थितिमा आफुहरुका माग शिक्षकहरुले राखेका थिए ।