सन्धिखर्कमा २१ बुद्धे माग सहित दलित अधिकारकर्मीद्धारा ध्यानआकर्षण पत्र


अनिल नेपाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ८ असार । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा   संयुक्त दलित अधिकार कर्मी सञ्जाल अर्घाखाँचीले  विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ । 
सञ्चालका जिल्ला सयोजक विष्णु परियारले आफुहरुलाई सविधानले दिइएको अधिकार पाउनुपर्ने भन्दै पत्र बुझाएको बताउनुभएको छ । पत्रका पुख्यौली पेशा संरक्षण देखि २१ बुदे पत्र दिइएको बताइएको छ । 
पत्र बुझदै नगर प्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार विक ले दलित समुदायका समस्याहरु प्रति आफुहरु जिम्मेबारी रहेको बताउनुभएको थियो ।