अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा डिभिजन वन कार्यालयले विभिन्न जातका बिरुवाहरु बितरण शुरु गरेको छ ।
जिल्लामा डिभिजन वन कार्यालय र मातहतका सब डिभिजन कार्यालयहरुबाट विभिन्न जातका बिरुवाहरु बितरण शुरु गरिएको हो ।
अषाढ १ गतेदेखि ७ गतेसम्म डिभिजन वन र सब डिभिजन वनहरुमा बिरुवा माग गरेका ब्यक्ति तथा समुहहरुलाई लिची, कागती, आँप, टिम्मुर, कहटर लगायत विभिन्न जातका बिरुवाहरु बितरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख मोहोन श्रेष्ठले जानकारी दिनु भयो ।
डिभिजन वन कार्यालयले जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका विभिन्न ठाउँमा विभिन्न जातका बिरुवाहरु बितरण शुरु गरेको छ ।
यस्तै डिभिजन वन कार्यालय अर्घाखाँचीकाे सहयाेगमा देविकास्थान झाकृसाला टाेल बिकास संस्थाको पहलमा र हाम्रो टाेल बिकास समितिका करिव १०० घरहरुकाे लागि कागती आँप लिची कहटरका बिरुवा बितरणकाे लागि ढाकावाङ्ग मा पनि वितरण गरिएको छ ।