अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाकाे नवौ नगर सभाको अधिवेशन भोली असार १० गते हुने भएको छ ।
शितगंगा नगरपालिकाकाे नवौ नगर सभाको अधिवेशन भोली असार १० गते बिहान ११ बजेदेखि सामुदायिक भवन ठाडामा हुने भएको हो ।
नवौ नगर सभामा आगामी आर्थिक बर्षकाे बजेटमा एकल पुरुषलाई पनि भत्ता दिने गरि बजेट ल्याउने प्रस्ताव पेश भएकाे बताइएको छ । जसमा बिहे नगरेका पुरुष र महिलाले ३५ बर्ष कटेपछि नगरपालिकाबाट भत्ता पाउने छन् ।
साथै शितगंगा नगरपालिका ५२ लाख २२ हजार बजेट केन्द्रबाट बिनियाेजन भएकाे छ ।